तपाईँ सुन्दै हुनुहुन्छः

गणकहरूका लागि तालिम सुरु

बैतडी । राष्ट्रिय जनगणना २०७८ अनुसार बैतडी जिल्लाका गणकहरूका लागि ४ दिने तालिम आजदेखि सुरु भएको छ । 

गणना गर्दा अपनाउनुपर्ने रणनीतिका बारेका जानकारी दिने उद्देश्यले सो तालिमको आयोजना गरिएको हो । 

बैतडीका ४ वटा नगरपालिका र ६ वटा गाउँपालिका मध्ये पाटन, मैलौली, गोठला पानी र श्रीकोटमा सञ्चालित उक्त तालिममा ३१५ जना गणक र ८० जना सुपरिवेक्षकको सहभागिता रहेको जिल्ला जनगणना अधिकारी सुरेश प्रसाद पन्तले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button