प्रसौनीमा निःशुल्क आँखा तथा दन्त शिविर सम्पन्न
बारा । बाराको प्रसौनीमा निःशुल्क आँखा तथा दन्त शिविर सम्पन्न भएको छ ।

‘सामुदायिक प्रहरी सेवा कार्यक्रम अन्तरगत’ इलाका प्रहरी कार्यालय प्रसौनी बारा र वीरगन्ज सामुदायिक आँखा केन्द्र पर्साको संयुक्त आयोजनामा प्रसौनी गाउँपालिका–३ स्थित इलाका प्रहरी कार्यालय प्रसौनीको प्राङ्गणमा शिविर सम्पन्न भएको हो ।

शिविरमा ७० जना महिला र ५० पुरुष गरी १२० जनाले आँखा तथा दाँतको चेकजाँच गराए ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक दीपेन्द्र शाही, प्रहरी नायब उपरीक्षक गौतम मिश्र, इलाका प्रहरी कार्यालय प्रसौनीका प्रमुख प्रहरी निरीक्षक बिन्देश्वर यादव, सामुदायिक प्रहरी सेवा केन्द्र मुर्ली वीरगन्जका अध्यक्ष राम शर्मा लगायतको सहभागिता रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्