जनगणनाका लागि ४ सय ७७ गणकहरूलाई प्रशिक्षण दिइँदै
कञ्चनपुर । कञ्चनपुरमा मेरो गणना, मेरो सहभागिता भन्ने नाराका साथ हुन गइरहेको राष्ट्रिय जनगणना २०७८ का लागि तयारी तीव्र पारिएको छ । जिल्लाभरि जनगणनाका लागि ४ सय ७७ जना गणकहरूलाई प्रशिक्षण सुरु गरिएको छ ।

जिल्लाका ९ वटै पालिकामा स्थापना गरिएका ५ वटा स्थानीय जनगणना कार्यालयमा गणकहरूलाई प्रशिक्षण सुरु गरिएको जिल्ला जनगणना अधिकारी गोविन्द प्रसाद न्यौपानेले जानकारी दिनुभयो ।
कार्त्तिक १६ गते सम्पन्न हुने प्रशिक्षणका लागि २५ जना प्रशिक्षक नियुक्त गरिएको उहाँले बताउनुभयो ।

सुपरिवेक्षकहरूले प्रारम्भिक लगत सङ्कलन गरी गणना क्षेत्र निर्धारण गरिएको र उक्त विवरण सहित गणकहरू कार्त्तिक २५ गतेदेखि मङ्सिर ९ गते सम्मका लागि घरदैलोमा खटाइने न्यौपानेले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्