तपाईँ सुन्दै हुनुहुन्छः

मोटरसाइकल चोरी गरेको आरोपमा चार जना पक्राउ

कञ्चनपुर । कञ्चनपुरमा प्रहरीले मोटरसाइकल चोरी गरेको आरोपमा  चार जनालाई पक्राउ गरेको छ । 

कार्तिक ७ गते बेलौरी नगरपालिकाका ४ बेलौरीको माथिल्लो बजारमा मोटरसाइकल चोरी भएका थिए । केएम इन्टरप्राइजेज बजाज सो रुमबाट सटरको ताला र सिसाको ढोका फोडेर उनीहरूले ३ वटा मोटरसाइकल चोरी गरेका थिए । 

चोरी घटनाको अनुसन्धान थालेपछि सो रुमबाट मोटरसाइकल चोरी गर्ने शुक्लाफाँटा नगरपालिका वडा नम्बर ११ कलवापुरका २० वर्षीय विवेक बम, वडा नम्बर १२ का १९ वर्षीय ठग्गी राना,  वडा नम्बर १ का १९ वर्षीय पारस विष्ट र १८ वर्षीय किरण नाथलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button