तपाईँ सुन्दै हुनुहुन्छः

बीरगंजमा मैत्रीपूर्ण क्रिकेट सम्पन्न, प्रहरी र विपद् व्यवस्थापन टिम विजयी

बीरगंज  । दीपावली तथा छठ पर्वको अवसर पारेर सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत २ नम्बर प्रदेश विपद् व्यवस्थापन गुल्म वीरगन्ज पर्सा र ग्रिन सिटी सामुदायिक सेवा केन्द्र तथा ग्रिनसिटि सामुदायिक प्रहरी सेवा केन्द्र आदर्श नगर पर्साको संयुक्त आयोजनामा आज वीरगंजमा मैत्री पूर्ण क्रिकेट प्रतियोगिता आयोजना गरिएको छ । 

जिल्ला प्रहरी कार्यालय पर्साको परिसरभित्र रहेको क्रिकेट खेल मैदानमा आयोजित मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता २०७८ को उपाधि जिल्ला प्रहरी कार्यालय पर्सा र २ नम्बर प्रदेश विपद् व्यवस्थापन गुल्म पर्साको संयुक्त टिमले जितेको छ । 

प्रहरी र विपद्को संयुक्त टिमले वीरगंजका सामाजिक सङ्घ संस्थाहरू सहभागी संयुक्त टिमलाई २ विकेटले पराजित गरेको थियो । विजेता र उपविजेता दुवै टिमलाई ट्रर्फी, मेडल र जर्सी प्रदान गरिएको थियो । 


कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका कार्यालय प्रमुख प्रहरी उपरीक्षक बेलबहादुर पाण्डे, सशस्त्र प्रहरी बल पर्साका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र खड्का, वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोध गुप्ता, ग्रिन सिटी सामुदायिक सेवा केन्द्र आदर्श नगर पर्साका अध्यक्ष जयप्रकाश खेतान, प्रहरी नायव उपरीक्षक प्रह्लाद कार्की, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख सुमन कार्की, विपद् व्यवस्थापन प्रदेश नम्बर २ का गुल्म प्रमुख नितेश कुमार सिंह लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button