तपाईँ सुन्दै हुनुहुन्छः

बझाङमा सुत्केरीको हेलिकप्टरमा उद्धार

बझाङ । बझाङको केदारस्युँ गाउँपालिकाकी एक सुत्केरीको हेलिकप्टरमा उद्धार गरिएको छ । 

केदारस्युँ गाउँपालिका–८ की २२ वर्षीया लक्ष्मी खत्रीको हेलिकप्टरमा उद्धार गरिएको हो । 

उनलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको छ । 

लोतु सामुदायिक स्वास्थ्य इकाई प्रमुख पुष्पा बोहराका अनुसार खत्रीलाई शुक्रवार बिहान २ बजे सुत्केरी व्यथा लागेपछि उनी बिहान ६ बजे स्वास्थ्य संस्थामा आएकी थिइन् । साँझ अबेरसम्म पनि सुत्केरी हुन नसकेपछि शल्यक्रिया गर्नुपर्ने अवस्था आएपछि खत्रीलाई धनगढी पठाइएको हो ।  

गाउँपालिकाकी उपाध्यक्ष निशा धामीले उद्धारका लागि पहल गर्नुभएको थियो । विकट ठाउँ भएकाले उद्धारमा कठिनाइ भएको हो । 

जयपृथ्वी राजमार्ग ठाउँ ठाउँमा अवरुद्ध हुँदा बोकेरै अस्पताल पुर्‍याउन सकिने अवस्था नभएकाले हेलिकप्टरमार्फत उद्धार गरिएको उपाध्यक्ष धामीले बताउनुभयो । सडक अवरुद्ध हुँदा जटिल प्रकारका बिरामीलाई समस्या भइरहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button