तपाईँ सुन्दै हुनुहुन्छः

पाल्पामा आज दिनभर विद्युत् सेवा अवरुद्ध हुने

पाल्पा । आज पाल्पामा दिनभर विद्युत् प्रसारण अवरुद्ध हुने भएको छ । 

नेपाल विद्युत् प्राधिकरण पाल्पा वितरण केन्द्रले एक सूचना जारी गर्दै विद्युत् अवरुद्ध हुने जनाएको छ ।

केन्द्रले पाल्पा वितरण केन्द्र अन्तर्गतको पश्चिम फिडर ११ केभि लाइन बतासे सबस्टेशनदेखि पश्चिम जाने लाइनमा बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म बु्रस कटिङ (रुखका हाँगाबिँगा) काट्ने भएकाले विद्युत् अवरुद्ध हुने जनाएको छ ।

विद्युत् कार्यालयले भने प्रत्येक शनिवार वु्रस कटिङ भन्दै विद्युत् काट्ने भएता पनि कहाँ कति रुखका हाँगाबिँगा काटिएको भन्ने जानकारी दिने नगर्दा उपलब्धि भने नभएको भन्दै उपभोक्ताहरूले गुनासो गर्दै आइरहेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button