टीकापुरमा खुकुरी प्रहारबाट एक जनाको मृत्यु
कैलाली । कैलालीको टीकापुरमा खुकुरी प्रहारबाट एक जनाको मृत्यु भएको छ । खुकुरी प्रहारबाट वडा नम्बर कमलगाउँका १७ वर्षीय आयुष साउँदको मृत्यु भएको हो । गए राति साढे ८ बजेतिर कालीमाटीमा डिजेमा नाच्ने बेलामा सामान्य विवाद हुँदा भजनी नगरपालिका वडा नं. ३ ठेकिपुरका किरण साउँदले प्रहार गरेको खुकुरीबाट उनको मृत्यु भएको कालाकुण्डा प्रहरी चौकीका प्रमुख प्रहरी नायब निरीक्षक राजेन्द्र कार्कीले जानकारी दिनुभयो ।
खुकुरी प्रहारबाट गम्भीर घाइते भएका साउँदको टीकापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको कार्कीले बताउनु भयो । खुकुरी प्रहार गर्ने साउँदलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्