तपाईँ सुन्दै हुनुहुन्छः

आर्थिक संलग्नता अभिवृद्धिमा परराष्ट्र मन्त्रीको जोड

काठमाडौँ । परराष्ट्र मन्त्री डा नारायण खड्कासँग नेपालका लागि स्विट्जरल्याण्डका राजदूत एलिजाबेथ भोन क्यापलरले भेटवार्ता गर्नुभएको छ ।

file photo

परराष्ट्र मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबिच आपसी सम्बन्ध, पारस्परिक हित र चासोका विविध विषयमा विचार विमर्श हुनाका साथै द्विपक्षीय र बहुपक्षीय सहयोगका विभिन्न पक्षमा विचार आदानप्रदान भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

सो अवसरमा मन्त्री डा खड्काले नेपाल र स्विट्जरल्याण्डबीच आर्थिक संलग्नता र साझेदारी अभिवृद्धिमा जोड दिनुभयो । 

मन्त्री डा खड्काले दुवै देशले आर्थिक संलग्नता बढाउनु पर्नेमा पनि जोड दिनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button