हेमदेवी धर्म संस्कृति तथा समाजसेवा पुरस्कार दुर्गा घिमिरेलाई

काठमाडौँ । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति पोखराले अधिकारकर्मी एवम् समाजसेवी दुर्गा घिमिरेलाई हेमदेवी धर्म संस्कृति तथा समाजसेवा पुरस्कार २०७६ प्रदान गरेको छ ।
कूल एक लाख एक हजार रुपैयाँ राशि र सम्मान पत्र सहितको सो पुरस्कार शताब्दी पुरुष सत्यमोहन जोशीले आज ललितपुरमा आयोजित कार्यक्रममा प्रदान गर्नुभयो ।
यसअघि सो पुरस्कार जोशी, आत्मानन्द गिरी र तुलसी दिवसले प्राप्त गरिसक्नुभएको छ । पोखराका हेमबहादुर प्रधानले आफ्ना आमा बुबाको नाममा सो पुरस्कारका लागि १५ लाख रुपैयाँको अक्षयकोष स्थापना गर्नुभएको समितिका सदस्य सचिव तीर्थ श्रेष्ठले जानकारी दिनुभयो ।
कार्यक्रममा शताब्दी पुरुष जोशीले समाज सुधार र राष्ट्रको निमित्त घिमिरेले गर्नुभएको काम प्रशंसनीय रहेको बताउनुभयो ।
एबीसी नेपाल सामाजिक संस्थाको संस्थापक समेत रहनुभएकी घिमिरेले महिलालाई आफ्नो हक अधिकार दिलाउन र उनीहरूलाई आत्मनिर्भर बनाउन अझे धेरै काम गर्नुपर्ने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्