तपाईँ सुन्दै हुनुहुन्छः

भीमफेदी–कुलेखानी सडक खण्डमा तीन दिन सवारीसाधन अवरुद्ध हुने

फाइल तस्बिर

मकवानपुर । मकवानपुर जिल्लाको भीमफेदी–कुलेखानी सडक खण्डमा कात्तिक १३ गतेदेखि तीन दिन सवारी साधन अवरुद्ध हुने भएको छ ।

हेटौँडाबाट भीमफेदी हुँदै काठमाडौँतर्फ जाने कुलेखानी सडक खण्डमा स्तरोन्नति गर्न दैनिक ४ घण्टा सवारी साधन अवरुद्ध हुने भएको वाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको यातायात पूर्वाधार निर्देशनालयले जानकारी दिएको छ ।

मन्त्रालयले बिहीबार एक सूचना जारी गर्दै भीमफेदी–कुलेखानी सडक खण्डमा कात्तिक १३ देखि कात्तिक १५ गतेसम्म दैनिक तीन दिन बिहान ११ देखि दिउँसो ३ बजेसम्म सवारी साधन अवरुद्ध हुने जानकारी गराएको हो ।

निर्देशनालयका निमित्त निर्देशक डा सहदेव भण्डारीका अनुसार भीमफेदी गाउँपालिका–६ जुरीखेतदेखि चिसापानी गढी बीचको एघार घुम्ती क्षेत्रमा सडक साँघुरो, उच्च ग्रेडियन्ट तथा घुम्ती क्षेत्रमा अष्फाल्ट कङ्क्रिट पेभमेन्ट कार्य हुने भएकाले तीन दिन ४ घण्टा सबै प्रकार (सुमो, मोटरसाइकल, स्कुटर, बस, ट्र्याक्टर आदि) का सवारी साधनमा रोक लगाउने भनिएको छ ।  

साथै निर्देशनालयले जारी गरिएको सूचनामा सम्पूर्ण सवारी साधनहरूको आवतजावत बन्द गर्नका लागि सम्बन्धित निकायहरूमा समन्वय गरी निर्माणमा सहयोग पुर्‍याइदिन सबैलाई आग्रहसमेत गरेको छ ।  रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button