तपाईँ सुन्दै हुनुहुन्छः

एमाले स्थायी कमिटी बैठक जारी

फाइल तस्बिर

काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटी बैठक जारी छ । 

ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा जारी बैठकमा  कात्तिक ६ गते सम्पन्न भएको वडा अधिवेशन र ९ गते भएको पालिका अधिवेशनको समीक्षा र रिपोर्टिङ भइरहेको पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । 

आजको बैठकमा पार्टीको आसन्न महाधिवेशनका लागि प्रतिनिधि छनोटको मापदण्ड निर्माण गरिने पनि तामाङले जानकारी दिनुभयो । 

एमालेको राष्ट्रिय महाधिवेशन यही मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुदैछ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button