काफ्ले र अधिकारी सचिवमा बढुवा

काठमाडौँ । सरकारले राजपत्राङ्कित विशिष्ट श्रेणी सचिवमा महेश्वर काफ्ले र बामदेव अधिकारीलाई बढुवा गर्ने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले सहसचिवद्वय काफ्ले र अधिकारीलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्