तपाईँ सुन्दै हुनुहुन्छः

विद्युत् महसुल दर घटाउने निर्णयको स्वागत

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घले विद्युत् महसुल दर घटाउने र विद्युत् डिमाण्ड शुल्क सम्बन्धमा विद्युत् नियमन आयोगको निर्णयको स्वागत गरेको छ ।

 विद्युत् महसुल दर घटेसँगै कोरोना महामारीका कारण सङ्कटमा रहेका उद्योग व्यवसायलाई थप राहत पुग्ने महासङ्घले जनाएको छ । महासङ्घले विद्युत् डिमाण्ड शुल्क वृद्धि नगर्न अनुरोध गर्दै आएको थियो ।

 डिमाण्ड शुल्क वृद्धि नगर्ने निर्णयबाट निजी क्षेत्र उत्साहित भएको उल्लेख गर्दै महासङ्घले यसका लागि ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री, मन्त्रालयका अधिकारी, विद्युत् नियमन आयोग र विद्युत् प्राधिकरणलाई धन्यवाद दिएको छ ।

 “यो निर्णयबाट आर्थिक गतिविधि विस्तारमा केही मात्रा भए पनि सहयोग पुग्ने हाम्रो विश्वास छ”, महासङ्घले भनेको छ, “विद्युत् खपत बढाउन औद्योगिक ग्राहकका लागि महसुल अझ सस्तो हुनुपर्ने र यसले प्रतिस्पर्धी बजार सिर्जना र व्यापार घाटा न्यूनीकरणमा समेत सहयोग पुग्ने छ ।” रासस

सम्बन्धित समाचार

२० युनिटसम्म विद्युत् खपत गर्दा ३० रुपैयाँ तिरे पुग्ने

प्रतिक्रिया राख्नुहोस्

Back to top button