तपाईँ सुन्दै हुनुहुन्छः

५ सय ९१ जनामा कोरोना संक्रमण पुष्टि

File photo

काठमाडौँ । आज देशभर ५ सय ९१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

११ हजार ३ सय ५५ नमुनाको पिसिआर तथा ऐन्टिजेन परीक्षण गर्दा  ५ सय ९१ जनामा संक्रमण पुष्टि भएको हो । 

यस्तै आज ६ सय ६४ जना कोरोना संक्रमित निको भएका छन् । हालसम्म ९७ दशमलव ३ प्रतिशत संक्रमित निको भइसकेका छन् । 

कोरोना संक्रमण कारण आज २ जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार ३ सय ८२ पुगेको छ ।

आज देशभर १ लाख १ हजार ४ सय ७५ जनाले खोप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button