घाँस काट्ने क्रममा भिरबाट लडेर एक जनाको मृत्यु
बागलुङ । बागलुङको बडिगाड गाउँपालिकामा घाँस काट्ने क्रममा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।
बडिगाड गाउँपालिका– ५ दागाकी ४६ बर्षीया देवी गुरुङको आफ्नै खर बारीमा घाँस काटेर बाँध्ने क्रममा चिप्लिएर लडेपछि घटनास्थलमा मृत्यु भएको हो ।
गुरुङ चिप्लिएर दुई सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक ईकवाल हवारीले जानकारी दिनुभयो ।
यसैबिच, बडिगाडकै अर्का एक पुरुष भीरबाट लडेर बेपत्ता भएका छन् ।
दसैँको अवसरमा बुर्तिबाङमा लागेको पूर्णिमा मेलामा सहभागी भएर फर्किने क्रममा बडिगाड गाउँपालिका–९ बस्ने २८ वर्षीय शङ्कर परियार भीरबाट लडेर बेपत्ता भएका हुन् ।
ढोरपाटन नगरपालिका– २ सिमल चौरदेखि मालरानी जाने गोरेटो बाटोको भिरबाट खस्दा उनी बडिगाड खोलामा बेपत्ता भएको प्रहरीले जनाएको छ । उनको खोला किनारमा खोजी भइरहेको छ ।








प्रतिक्रिया राख्नुहोस्