तपाईँ सुन्दै हुनुहुन्छः

बेलायतमा २४ घण्टामा करिब ४४ हजार कोरोना संक्रमित

बेलायतमा बुधवार मात्र करिब ४४ हजार जना कोरोना भाइरसका सङ्क्रमित भेटिएका छन् । कोरोना भाइरसको संक्रमण घट्न नसकेको देखिएको यहाँका स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । यहाँ गएको २४ घण्टामा अर्थात् शनिबार ४३ हजार ९४१ जनामा यो सङ्क्रमण देखिएको हो । यहाँको स्वास्थ्य मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएअनुसार यहाँ पछिल्लो २४ घण्टामा कोरोना भाइरसका कारण २०७ जनाको मृत्यु भएको छ ।

यहाँका स्वास्थ्य अधिकारीले यहाँ धेरै समयपछि मृत्यु हुनेको सङ्ख्या पनि बढ्न थालेको बताएका छन् । योसँगै बेलायतमा अहिलेसम्म कोरोनाका कारण एक लाख ४० हजार ४१ जनाको मृत्यु भएको छ ।अधिकारीहरूले बेलायतमा अहिलेसम्म सङ्क्रमित हुनेको सङ्ख्या ८८ लाख ९७ हजार भन्दा बढी पुगेको यहाँका स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button