तपाईँ सुन्दै हुनुहुन्छः

गाउँपालिकाद्वारा सार्वजनिक यातायातको नयाँ भाडादर निर्धारण

पाँचथर । कुम्मायक गाउँपालिका पाँचथरले पालिका भित्र र बाहिर सञ्चालन हुने सार्वजनिक यातायातको नयाँ भाडादर निर्धारण गरेको छ । 

यात्रु भाडा बढी भएको भनी गुनासो आएकोले पालिकाले कोभिड–१९ को महामारीभन्दा पहिले कायम भएको भाडादरमा नेपाल सरकारले वृद्धि गरेको भाडा समायोजन गरी भाडा दर कायम गरेको पालिका अध्यक्ष जयबहादुर चेम्जोङले जानकारी दिनुभयो । 

नयाँ भाडादर कार्तिक १२ गतेदेखि लागु हुने बताइएको छ । पालिकाले सबै गाडीको रुट परमिट अनिवार्य गर्नुपर्ने, टिकट लिने दिनेको व्यवस्था गर्नुपर्ने तथा गाडीको कागजपत्रमा समेत चेक जाँचमा कडाइ गरिने निर्णय गरेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button