बोक्सीको आरोपमा महिलालाई कुटपिट गर्ने एक युवक पक्राउ
लहान । दलित महिलालाई कुटपिट गरेको आरोपमा प्रहरीले सिराहाका एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कल्याणपुर नगरपालिका– १० पर्चिलवाका रामविलाश यादव छन् । कल्याणपुर– १० का ५३ वर्षीया सेमादेवी चमारलाई बोक्सीको आरोपमा यादवले कुटपिट गरेको बताइएको छ ।
पीडितका जाहेरीका आधारमा यादवलाई कल्याणपुर बजारबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
महिलाले बोक्सीको आरोप लगाई कुटपिट गर्दै अमानवीय अपमानजनक व्यवहार गरेको जनाउँदै यादव विरुद्ध गत गत भदौ १७ गते जाहेरी दिएकी थिइन् ।








प्रतिक्रिया राख्नुहोस्