तपाईँ सुन्दै हुनुहुन्छः

नेकपा (एस) ले गर्‍यो कार्य विभाजन (विज्ञप्तिसहित)

file photo

काठमाडौँ । नेकपा (एस) ले नेताहरूको कार्य विभाजन गरेको छ । असोज ५–७ मा पार्टी केन्द्रीय कमिटीको प्रथम बैठक र असोज २१ गतेको स्थायी कमिटीको सातौँ बैठकले गरेको निर्णयलाई अन्तर पार्टी निर्देशन मार्फत देशभरका कमिटीलाई प्रेषित गरेको पार्टी उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनु भएको छ ।

साथै पार्टीले सातै प्रदेशमा प्रदेश कमिटी र कमिटीका पदाधिकारी समेत तोकेको छ । 

तीन महिनाभित्र सबै प्रदेश, जिल्ला, सङ्घीय तथा प्रदेश निर्वाचन क्षेत्र, महानगर, उपमहानगर, नगरपालिका, गाउँपालिका र वडामा पार्टी गठन गरिसक्न समेत निर्देशन दिएको छ । साथै कार्तिक २० गतेसम्म केन्द्रीय विभाग गठन गरिसक्ने समेत जनाएको छ ।

पार्टीद्वारा जारी अन्तर पाटी निर्देशनबारे जानकारी दिन उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले आज विज्ञप्तिमार्फत सातै प्रदेशमा प्रदेश कमिटीका इन्चार्ज, सहइञ्चार्ज, अध्यक्ष, उपाध्यक्ष दुई, सचिव र उपसचिव तोकिएको जानकारी दिनुभयो । 

यसै गरी नेता झलनाथ खनाललाई सम्मानित नेता तथा विदेश विभाग प्रमुखको जिम्मेवारी तोक्नुको साथै पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूका लागि १० बुँदे निर्देशनसमेत जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

कार्य विभाजनको पुरा विवरण (विज्ञप्तिसहित)

प्रतिक्रिया राख्नुहोस्

Back to top button