‘मौसम चौतारी’ प्रसारण गर्ने सम्झौता
काठमाडौँ । रेडियो नेपाल र जल तथा मौसम विज्ञान विभागबिच रेडियो नेपालबाट ‘मौसम चौतारी’ कार्यक्रम प्रसारण गर्ने सम्झौता भएको छ ।
सम्झौता अनुसार हरेक हप्ता शुक्रवार बिहान ७ः२५ देखि ७ः४० बजेसम्म मौसम तथा जलवायु सम्बन्धी जानकारी, गतिविधि समेटेर १५ मिनेटको रेडियो कार्यक्रम प्रसारण गरिने छ ।
सम्झौता पत्रमा रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धि बहादुर केसी र जल तथा मौसम विज्ञान विभागका महानिर्देशक सर्जु कुमार वैद्यले हस्ताक्षर गर्नुभयो ।

कार्यक्रममा मौसम र जलवायुसम्बन्धी खोज तथा अनुसन्धानमूलक सामाग्री, विभिन्न विज्ञहरू मार्फत मौसमसम्बन्धी जानकारी पनि प्रस्तुत गरिने छ ।
कार्यक्रम मार्फत मौसम र जलवायुसम्बन्धी अपनाउनुपर्ने सजगता, सतर्कता, उपयोगिताका बारेमा जानकारी प्राप्त भई सबै लाभान्वित हुन सक्ने विश्वास लिइएको छ ।








प्रतिक्रिया राख्नुहोस्