तपाईँ सुन्दै हुनुहुन्छः

कञ्चनपुरमा गैँडाको आक्रमणमा परी एक जना घाइते

कञ्चनपुर । कञ्चनपुरमा गैँडाको आक्रमणमा परी एक जना घाइते भएका छन् । 

च्याउ टिप्न नजिकैको सामुदायिक वन क्षेत्रमा गएका जिल्लाको बेलौरी नगरपालिका वडा नं ४ का स्थानीय ५३ वर्षीय बलिराम राना गैँडाको आक्रमणबाट घाइते भएका हुन् ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट बाहिरिएर करिब दुई महिनायता गोरखनाथ सामुदायिक वन क्षेत्रमा रहेको गैँडाले बुधवार बिहान रानालाई आक्रमण गरी घाइते बनाएको डिभिजन वन कार्यालय कञ्चनपुरका निमित्त प्रमुख दिनेश कुमार यादवले जानकारी दिनुभयो । 

गैँडाको आक्रमणबाट रानाको पिठ्युँमा गहिरो चोट लागेपछि रानाको बेलौरीस्थित इशान मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।

गोरखनाथ सामुदायिक वन, अमर स्मृति सामुदायिक वन र पारिजात सामुदायिक वनका उपभोक्ता तथा आसपासको क्षेत्रमा आवतजावत गर्ने आम नागरिकहरूलाई सतर्क रहन समेत डिभिजन वन कार्यालय कञ्चनपुरले अनुरोध गरेको छ । 

कञ्चनपुरमा जङ्गली हात्ती तथा चितुवाले समेत मानव बस्तीमा जनधनको क्षति गर्दै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button