तपाईँ सुन्दै हुनुहुन्छः

सेती प्रादेशिक अस्पतालमा उपचाररत थप एक जना कोरोना संक्रमितको मृत्यु

symbolic

धनगढी । कैलालीको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

आज कोरोना संक्रमित कंचनपुरका ६७ बर्षिय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ ।

योसंगै यो अस्पतालमा उपचारका क्रममा मृत्यु हुने संक्रमितको संख्या २ सय ६ पुगेको छ ।

यसैगरी सेती प्रादेशिक अस्पतालको कोभिड–१९ प्रयोगशालामा गरिएको परिक्षणमा थप ३३ जनामा कोरोना संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा १ सय १७ जनाको पिसिआर जाँच गर्दा ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । हाल अस्पतालमा १७ जना संक्रमितको उपचार भईरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button