मुख्यमन्त्री शाक्यद्वारा राजीनामाको घोषणा

वाग्मती । वाग्मती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिने घोषणा गर्नुभएको छ ।
प्रदेशसभा बैठकमा आफ्ना धारणा राख्दै मुख्यमन्त्री शाक्यले राजीनामाको घोषणा गर्नुभएको हो ।
बैठकमा शाक्यले विगतमा आफूहरूले गरेको त्याग पद र प्रतिष्ठाका लागि मात्रै नभएको उल्लेख गर्नुभयो । यसअघि प्रदेशसभा संसदीय दलको कार्यालयमा नेकपा (एमाले)का प्रदेशसभा सदस्यहरूसँग मुख्यमन्त्री शाक्यले आफूले पदबाट राजीनामा दिने बताउनुभएको थियो ।
शाक्यले आजै पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा आलीसँग समेत सल्लाह गरेको र उहाँले विश्वासको मत नपाउने निश्चित भएको अवस्थामा राजीनामा दिएर मार्ग प्रशस्त गर्नु उचित हुने सल्लाह दिनुभएको भन्दै राजीनामा दिने बताउनुभयो ।
पाँच दलीय गठबन्धनको सरकार गठन गर्नका लागि बाटो खुल्ला गरिदिन पनि आफूले राजीनामा दिने उहाँको भनाइ थियो ।
उहाँले राजीनामा दिने निश्चित भएपछि यस प्रदेशमा नेकपा(एकीकृत समाजवादी) का नेता राजेन्द्र पाण्डेको नेतृत्वमा सरकार गठन हुने भएको छ ।
उहाँको पार्टीसँगै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायतका दलको सहभागितामा सरकार गठन हुन लागेको हो ।








प्रतिक्रिया राख्नुहोस्