तपाईँ सुन्दै हुनुहुन्छः

अन्य न्यायाधीशले इजलास बहिष्कार गरेपनि प्रधानन्यायाधीशको इजलासमा भयो सुनुवाई

file photo

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले निकास दिनुपर्ने भन्दै वरिष्ठ न्यायाधीशहरुले इजलास बहिस्कार गरेपनि प्रधानन्यायाधीश जबराले आफ्नो इजलासमा मुद्दाको सुनुवाई गर्नुभएको छ ।

प्रधानन्यायाधीश जबराले आज गठन गर्नुभएको ११ इजलासमा सुनवाइका लागि २ सय ७८ मुद्दाको पेशी तोकिएको थियो ।

तीमध्ये प्रधानन्यायाधीश जबराले आफुमात्र रहने गरी तोकिएको एकल पूर्ण इजलासबाहेक अन्य सबै इजलासमा मुद्दाको सुनवाइ हुन सकेन । 

आजका लागि गठन गरिएको इजलासमध्ये प्रधानन्यायाधीश जबराको पूर्ण एकल इजलासले आज ५ वटा मुद्दामा सुनुवाई गरेको छ । 

सर्वोच्च अदालतका १५ न्यायाधीश प्रधानन्यायाधीश जबराले निकास दिनुपर्ने भन्दै इजलास बहिस्कार गरेका कारण तीन दिनदेखि मुद्दाको सुनुवाइ रोकिँदै आएको छ । 

मङ्गलवार प्रधानन्यायाधीश जबराले १५ न्यायाधीशसँग राजीनामा नदिने अडान राखेपछि असन्तुष्ट न्यायाधीशहरू इजलास बहिस्कार गरी आज पनि छलफलमा बस्नुभएको छ । 

यसअघि मङ्गलवार नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश जबरालाई राजीनामा दिन आव्हान गरेको थियो । जबराले राजीनामा नदिए बारले देशभर आन्दोलन गर्ने चेतावनी समेत दिएको छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button