तपाईँ सुन्दै हुनुहुन्छः

बसको ठक्करबाट महिलाको मृत्यु

सप्तरी। खडक नगरपालिका–७ कल्याणपुर चोकमा भएको दुर्घटनामा घाइते एक महिलाको आज मृत्यु भएको छ । पूर्व–पश्चिम लोकमार्गस्थित कल्याणपुर चोकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को१ख ७७८४ नम्बरको बसले ठक्कर दिँदा पैदलयात्री सोही ठाउँकी रामचरित्र भगतकी श्रीमती ४५ वर्षीया ठण्डेश्वरी भगतको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते भगतलाई उपचारका लागि यहाँको रुपनीस्थित युनिक अस्पताल भर्ना गरिएकामा मृत्यु भएको चिकित्सकले बताएका छन् । शव परीक्षणका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजको शव गृहमा राखिएको छ ।

शवको आज परीक्षण गरी परिवारका सदस्यलाई जिम्मा लगाइने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताउनुभयो । बस र चालक मोरङ धनपालथान गाउँपालिका–३ का ३२ वर्षीय विनोद राजवंशीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button