मुख्यमन्त्री शाक्यले आज विश्वासको मत लिने

हेटौंडा । बागमती प्रदेश मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज बुधबार विश्वासको मत लिँदैहुनुहुन्छ । विश्वासको मत लिने प्रयोजनका लागि बुधबार बिहान १० बजे बागमती प्रदेशसभा बैठक बस्दैछ ।
मुख्यमन्त्री शाक्यले प्रदेशसभामा पेस गरेको विश्वासको मत लिने प्रस्तावमाथि ४ कात्तिकमा छलफल भइसकेको छ । आज बुधबार मतदान हुन लागेको हो ।
प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काका अनुसार सत्तापक्ष र प्रतिपक्षलाई मतदानका लागि छुट्टाछुट्टै कक्षको व्यवस्थापन गरिएको छ ।
बागमतीमा सभामुखसहित १०९ सांसद हुनुहुन्छ । शाक्यले विश्वासको मत पाउन ५५ मत ल्याउनु पर्ने हुन्छ । बागमती प्रदेशमा एमालेसँग ४३ मत छ । कांग्रेसको २२, नेकपा माओवादीको २३ र एकीकृत समाजवादीको १३ मत छ । यसैगरी, विवेकशील साझाको ३, नेमकिपा २, राप्रपा २ र स्वतन्त्र सांसदको १ मत छ ।








प्रतिक्रिया राख्नुहोस्