वेस्ट इन्डिजमाथि दक्षिण अफ्रीकाको जित

काठमाडौं । दक्षिण अफ्रीकाले आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा पहिलो जित निकालेको छ ।
दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा भएको सुपर १२ को समूह ‘ए’को खेलमा साविक विजेता वेस्ट इन्डिजलाई ८ विकेटले पराजित गर्दै दक्षिण अफ्रीकाले पहिलो जित निकालेको हो ।
वेस्ट इन्डिजले दिएको १ सय ४४ रनको लक्ष्य दक्षिण अफ्रीकाले १८ ओभर २ बलमा २ विकेट गुमाएर पूरा गर्यो ।
दक्षिण अफ्रीकाको जितमा एडिन मार्क्रमले अविजित रहदै ५१ रनको अर्धशतकीय इनिङ्स खेले । रस्सी भान डेर डुसेनले अविजित ४३ रन बनाए ।
रिजा हेन्ड्रिक्सले ३९ रन जोड्दा कप्तान टेम्बा बाभुमा २ रनमा आउट भए ।
यता, वेस्ट इन्डिजकका अकिल होसेनले १ विकेट लिए ।
यसअघि ब्याटिङमा उत्रिएको वेस्टइन्डिजले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४३ रन बनाएको थियो ।
वेस्टइन्डिजका लागि ओपनर इविन लेविसले अर्धशतक प्रहार गरे । उनले ३५ बलमा सर्वाधिक ५६ रन बनाए । त्यस्तै, कप्तान काइरन पोलार्डले २६ रन, लेन्डन सिमन्सले १६ रन बनाए भने क्रिस गेल र निकोलस पुरनले समान १२/१२ रन जोडे ।
दक्षिण अफ्रिकाका लागि डवेन प्यट्रियटर्सले सर्वाधिक ३ विकेट लिए । त्यस्तै, केशव महाराजले २ विकेट तथा एनरिच नोर्किया र कागिसो रबाडाको नाममा समान एकएक विकेट रह्यो ।








प्रतिक्रिया राख्नुहोस्