तपाईँ सुन्दै हुनुहुन्छः

विश्वकपमा पाकिस्तानको लगातार दोस्रो जित

काठमाडौँ । आइसिसी टि२० विश्वकप २०२१मा पाकिस्तानले लगातार दोस्रो जित हात पारेको छ । शारजाहमा मंगलबार राति भएको खेलमा पाकिस्तानले न्युजिल्यान्डमाथि ५ विकेटको जित निकालेको हो ।

न्युजिल्यान्डले दिएको १३५ रनको विजयी लक्ष्य पाकिस्तानले १८.४ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्याे । पाकिस्तानका लागि ओपनर मोहम्मद रिजवानले सर्वाधिक ३२ रन बनाए । त्यस्तै, फखर जमान, ईमाद वासिम र मोहम्मद हफिजले समान ११/११रन जोडे भने कप्तान बाबर आजम ९ रनमै समेटिए । आसिफ अलीले अविजित २७ रन र शोएब मलिकले अविजित २६ रन बनाए ।

न्युजिल्याण्डका लागि ईस सोधीले २ विकेट लिए भने ट्रेन्ट बोल्ट, टिम साउथी र मिचेल सान्टनरको नाममा एकएक विकेट रह्यो ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १३४ रन बनाएको थियो । न्युजिल्यान्डका लागि डेभन कन्वे र ड्र्याल मिचेलले सर्वाधिक २७/२७ रन बनाए । त्यस्तै, कप्तान केन विलियम्सन २५ रन, मार्टिन गुप्टिल १७ रन तथा ग्लेन फिलिप्सले १३ रन जोडे ।

पाकिस्तानका लागि हरिष राउफले सर्वाधिक ४ विकेट लिए । शाहिन अफ्रिदी इमाद वासिम र मोहम्मद हाफिजको नाममा समान एकएक विकेट रह्यो ।

योसँगै पाकिस्तानले लगातार दोस्रो जित हात पारेको छ । बहुप्रतीक्षित पहिलो खेलमा पाकिस्तानले भारतलाई १० विकेटले हराएको थियो । न्युजिल्यान्ड भने पहिलो खेलमा नै स्तब्ध बनेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button