तपाईँ सुन्दै हुनुहुन्छः

रोहित चन्द सम्मिलित पर्सिजाको दोस्रो हार

काठमाडौं । नेपाल राष्ट्रिय फुटबल टोलीका सदस्य रोहित चन्द सम्मिलित पर्सिजा जाकर्ताले दोस्रो हार ब्यहोरेको छ । मंगलबार राति भएको इन्डोनेशियन लिगा वानमा रोहित सम्मिलित जाकर्ताले पर्सिबाय सिराबयसंग १-० गोल अन्तरको हार ब्यहोरेको हो ।

पर्सिबायको जितमा जापानका खेलाडी ताईसाई मारिकायले खेलको २५ मिनेटमा निर्णायक गोल गरे । साफ उपबिजेता भएपछी माल्दिभ्सबाट सिधै जाकर्ता पुगेका रोहितको यो पहिलो खेल हो । रोहितले पूरा समय खेलेका थिए ।

बराबरीसङै पर्सिजाले ९ खेलबाट १३ अंक बनाउदै तालिकाको सातौ स्थानमा छ ।

इटालीयन प्रशिक्षक एन्जेलो एलेसिलोको आगमन पछि पर्सिजाले ३ खेलमा मात्रै जित निकालेको छ । ४ खेलमा बराबर खेल्दा २ खेलमा हार ब्यहोरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button