तपाईँ सुन्दै हुनुहुन्छः

धामी बन्न इलाममा श्रीमती र छोरीको टोकेर हत्या

इलाम । इलाममा एक पुरुषले आफ्नै पत्नी र छोरीको टोकेर हत्या गरेका छन्।

इलामको देउमाई नगरपालिका–५ बारुङका ३३ वर्षे कमल भनिने पूर्णचन्द्र तामाङले पत्नी ३४ वर्षीया सीता तामाङ र छोरी १६ वर्षीया शिक्षा तामाङको हत्या गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।

अन्धविश्वासमा परेर छोरी र श्रीमतीको हत्या गरेको देखिएको छ । आफू धामी भएको भन्दै चिन्ता बस्ने क्रममा पत्नी र छोरीको टोकेर हत्या गरिएको जिल्ला प्रहरी प्रमुख एसपी महेन्द्रकुमार श्रेष्ठले बताउनु भयो । घटनाको थप अनुसन्धान भइरहेको एसपी श्रेष्ठले जानकारी दिनुभयो ।

अभियुक्त कमललाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button