तपाईँ सुन्दै हुनुहुन्छः

आज वर्षाको सम्भावना, उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात हुने

काठमाडौं । मंगलबार बिहान काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा बदली रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशको पहाडी भु-भागमा आंशिक देखि सामान्य बदली र तराईका भु-भागमा सामान्यतया सफा देखि आंशिक बदली रहने छ। देशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

मौसमविद्हरूका अनुसार पश्चिमी न्यून चापीय प्रणालीका कारण वर्षा हुन थालेको हो ।

राति पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र तराईमा आंशिक बदली रहने छ । उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हिमपातको सम्भावना छ ।

मौसम विश्लेषण

हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ।

हाल मौसमको अवस्था 

हाल  देशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा सामान्यतया सफा  रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ कार्तिक ० गते (मंगलबार)

दिउँसो: देशको पहाडी भु-भागमा आंशिक देखि सामान्य बदली  र तराईका भु-भागमा सामान्यतया सफा देखि आंशिक बदली  रहने छ। देशका थोरै स्थानहरुमा  हल्का वर्षाको सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राती: देशको पहाडी भु-भागमा आंशिक देखि सामान्य बदली  र तराईका भु-भागमा सामान्यतया सफा देखि आंशिक बदली  रहने छ। उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

२०७८ कार्तिक १० गते (बुधबार)

दिउँसो: देशको पहाडी भु-भागमा आंशिक देखि सामान्य बदली  र तराईका भु-भागमा सामान्यतया सफा देखि आंशिक बदली  रहने छ। देशका थोरै स्थानहरुमा  हल्का वर्षाको सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली भू-भागका  थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राती: देशको पहाडी भु-भागमा आंशिक देखि सामान्य बदली  र तराईका भु-भागमा सामान्यतया सफा देखि आंशिक बदली रहने छ। उच्च पहाडी तथा हिमाली भू-भागका  एक-दुई  स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

२०७८ कार्तिक  गते (बिहीबार)

दिउँसो: देशभर आंशिक बदली देखि सामान्यतया सफा  रहने छ। पहाडी भु-भागका एक वा दुई स्थानहरुमा  हल्का वर्षाको सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली भू-भागका  एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राती: देशभर आंशिक बदली देखि सामान्यतया सफा  रहने छ। 

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 

देशका थोरै स्थानहरुमा  हल्का वर्षाको सम्भावना रहेको र उच्च  पहाडी तथा हिमाली भेगका केही स्थानहरुमा हिमपातको समेत सम्भावना रहेकोले कृषिजन्य कार्य गर्दा  र यात्रा तथा घुमफिर गर्दा आवश्यक सावधानी अपनाउनुहुन अनुरोध छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button