अमेरिकाद्वारा १ लाख ६ सय २० मात्रा खोप नेपाललाई हस्तान्तरण
काठमाडौँ । अमेरिकाले नेपाललाई १ लाख ६ सय २० मात्रा कोरोना विरुद्धको खोप हस्तान्तरण गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
अमेरिकी कम्पनी फाइजर बायोएन टेकको सो खोप कोभ्याक्स सुविधा अन्तर्गत हस्तान्तरण गरिएको मन्त्रालयले जनाएको हो ।
सरकारले कोरोना खोप अभियान सुरु भएदेखि अहिलेसम्म १ करोड ५२ लाख ६८ हजार ७ सय ७१ मात्रा खोप प्रयोग गरिसकेको जनाएको छ ।
जसमा ८६ लाख २१ हजार ४ सय ४९ कम्तीमा एक मात्रा र ६६ लाख ४७ हजार ३ सय २२ ले पूर्ण मात्रा खोप लगाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्