अछामका दुई युवा बेपत्ता

अछाम । अछाममा २ जना युवा बेपत्ता भएका छन् । जिल्लाको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर १ कुईकाका रेशम राज तिमिल्सेना र मङ्गलसेन नगरपालिका वडा नम्बर ७ का चेतनाथ ढुङ्गाना बेपत्ता भएका हुन् ।
करिब ३६ वर्षका तिमिल्सेना ७ दिन देखि बेपत्ता रहेका छन् भने करिब ३८ वर्षका ढुङ्गाना ५ दिनदेखि बेपत्ता रहेका प्रहरीले जनाएको छ ।
कार्तिक ३ गते मङ्गलसेनबाट गैरिटाड गएका तिमिल्सेना त्यही ठाउँमा २ दिन सम्म बसेका बुझिएको छ । उहाँ चढ्ने मोटरसाइकल गैरिटाँडमा रहेको र उहाँ भने ७ दिन देखि सम्पर्क विहीन रहेका तिमिल्सेनाका श्रीमती ललिता देवकोटा तिमिल्सेनाले बताउनु भयो ।
यस्तै ढुङ्गाना कात्तिक ३ गते राती १२ बजेदेखि बेपत्ता रहेका उहाँका आमा कल्धरी ढुङ्गानाले बताउनुभयो ।
दुवै जनाको खोजी कार्य जारी रहेको अछाम प्रहरी प्रमुख डिएसपी तुलसीराम अर्यालले बताउनु भयो । दुबै जना बेपत्ता भएको र खोजीकार्य गरिदिन प्रहरीलाई निवेदन दिएको भन्दै तत्पश्चात खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित ठाउँमा प्रहरी अधिकृतको टोली खटाई खोजी कार्य जारी रहेको डिएसपी अर्यालले बताउनु भयो ।








प्रतिक्रिया राख्नुहोस्