तपाईँ सुन्दै हुनुहुन्छः

विज्ञापन व्यवसायलाई मर्यादित र स्वच्छ बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री कार्की

काठमाडौँ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले विज्ञापन व्यवसायलाई मर्यादित र स्वच्छ बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

विज्ञापन नियमन गर्ने ऐन, २०७६ जारी गरिएको दुई वर्ष पुगेको उपलक्ष्यमा विज्ञापन बोर्डद्वारा आज काठमाडौँमा आयोजित विज्ञापन दिवस तथा अन्तरक्रिया कार्यक्रममा मन्त्री कार्कीले नेपाली विज्ञापन व्यवसायको प्रवर्द्धन र विकासका लागि सकारले नीतिगत व्यवस्था समेत गरेको जानकारी दिनुभयो ।

मन्त्री कार्कीले  प्रचलित कानूनले रोकेका बस्तु तथा सेवाको प्रचार प्रसार नगर्न र स्वनिमन गर्न पनि सरोकारवाला निकायलाई आग्रह गर्नुभयो ।

मन्त्री कार्कीले विज्ञापन व्यवसायलाई थप सुदृढ गर्न सरकार सबै सँग समन्वय र सहकार्य गर्न समेत तयार रहेको बताउनुभयो ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालले विज्ञापन उत्पादन र प्रसारण गर्दा उपभोक्ताको हित र सरल भाषा शैलीको प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईँले विज्ञापन व्यवसायलाई  थप मजबुत र गतिशील बनाउन विज्ञापनका मापदण्डलाई समयानुकूल परिवर्तन गर्न सकिने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button