गठबन्धनको सरकार अन्तिमसम्म कायम रहन्छ: मन्त्री खड्का

उदयपुर।परराष्ट्रमन्त्री डा. नारायण खड्काले गठबन्धनको सरकार अन्तिमसम्म कायम रहने बताउनुभएको छ । त्यही अनुरूप अहिले गठबन्धन सरकारको मन्त्रीमण्डलले पूर्णता पनि पाइसकेको मन्त्री खड्काले बताउनुभयो ।
मन्त्री खड्काले यही गठबन्धनको सरकारलाई एकताबद्ध राखेर निर्वाचन गराउने सरकारको लक्ष रहेको बताउनुभयो। अहिले सरकारको प्राथमिकतामा कोरोनाको भ्याक्सिन रहेको मन्त्री खड्काको भनाई छ । मन्त्री खड्काले कोरोनाको भ्याक्सिन ल्याएर सहज रुपमा कसरी सबैको पहुजमा पु¥याउने र जनतालाई कसरी सुरक्षित राख्न सकिन्छ भन्ने विषयमा सरकार गम्भीर रहेकोसमेत बताउनुभयो।








प्रतिक्रिया राख्नुहोस्