तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री देउवाद्वारा लामाको निधनप्रति दुःख व्यक्त

File Photo

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको जिल्ला कार्यसमिति सिन्धुपाल्चोकका सभापति विकास लामाकी धर्मपत्नी एवं इन्द्रावती गाउँपालिकाकी उपाध्यक्ष मीरा अधिकारी लामाको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । 

रक्त क्यान्सर रोगबाट पीडित उहाँको यही कात्तिक ६ गते त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौँमा उपचारका क्रममा निधन भएको हो ।

प्रधानमन्त्री देउवाले आज एक विज्ञप्तिमार्फत उहाँको निधनप्रति दुःख व्यक्त गर्दै उहाँको आत्माको चिर शान्तिको कामना र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ । 

काँग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा लामाले पुर्‍याउनुभएको योगदानको स्मरण गर्दै उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।

काँग्रेसले पार्टी सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा उहाँले सक्रिय भूमिका निर्वाह गर्नुभएको उल्लेख गर्दै उहाँको निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको जनाएको  छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button