एमाले कास्कीका ६४ वडामा सर्वसम्मत नयाँ नेतृत्व चयन

कास्की । कास्कीमा नेकपा एमालेको वडा स्तरीय अधिवेशनमा ६४ वडामा नयाँ सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन भएको छ । केही वडामा अहिले पनि अधिवेशन जारी रहेको छ । कास्कीमा गाउँपालिकाका वडाहरूमा अधिवेशन सकिएको छ ।
७२ वटा वडा रहेको कास्कीमा ६४ वटा वडामा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन भएको एमाले कास्कीका अध्यक्ष कृष्ण थापाले जानकारी दिनु भयो । ४ गाउँपालिका रहेको कास्कीमा माछापुच्छ्रे गाउँपालिकाको ३ र ४ वडामा सहमति हुन नसकेको थापाले बताउनु भयो । एमाले निर्वाचन संयोजक टिकाराम पङ्गेनीका अनुसार पोखरा महानगरपालिकाको ५ वटा वडामा नयाँ नेतृत्वको लागी सहमतिको प्रयास भइरहेको बताउनु भयो ।
अधिकांश वडाको नतिजा आएपनि केही वडाको बाकी छ । कास्की अन्नपूर्ण, रुपा, मादीका सबै वडा चयन भएको छ भने माछापुच्छ्रे र पोखरा महानगरपालिका केही वडा बाँकी छ ।
एमालेले महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको मापदण्ड तय गर्न सो पार्टीले कार्तिक ११ गते स्थायी कमिटी र १२ गते केन्द्रीय कमिटीको बैठक समेत बोलाएको छ ।
विसं २०७७ चैत मसान्तसम्म पार्टी सदस्य भएकालाई महाधिवेशन प्रतिनिधि बन्न योग्य बनाइएको छ । मङ्सिर १० देखि १२ गतेसम्म एमालेको दशौँ महाधिवेशन चितवनमा हुनेछ ।








प्रतिक्रिया राख्नुहोस्