तपाईँ सुन्दै हुनुहुन्छः

अमेरिकाबाट एक लाख मात्रा खोप आउँदै


काठमाडौँ। संयुक्त राज्य अमेरिकाले नेपाललाई एक लाख ६२० मात्रा फाइजर खोप अनुदान स्वरूप उपलब्ध गराउने घोषणा गरेको छ ।

“सम्भवतः उक्त खोप सोमबार नेपाल आइपुग्नेछ”, यहाँस्थित अमेरिकी दूतावासले केही बरेअघि ट्विट गर्दै भनेको छ । 


यसअघि गत असारमा पनि अमेरिकाले जन्सन एण्ड जन्सनको १५ लाख तीन हजार मात्रा खोप अनुदानमा नेपाललाई उपलब्ध गराएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button