मृतकका परिवारलाई किरिया खर्च उपलब्ध
बैतडी । जिल्ला विपद् व्यवस्थापन समिति बैतडीले पहिरोले घर पुरिँदा मृत्यु भएका परिवारलाई किरिया खर्च उपलब्ध गराएको छ । यही कार्तिक २ गते घरमाथिबाट खसेको पहिरोमा पुरिएर मृत्यु भएका बैतडीको शिवनाथ गाउँपालिका ५ बसेडीका भानु पार्की, देवानी पार्की र पवित्रा पार्कीका परिवारलाई किरिया खर्च उपलब्ध गराइएको हो ।
जिल्ला विपद् व्यवस्थापनका तर्फबाट एकमुष्ट १ लाख २० हजार किरिया खर्च उपलब्ध गराइएको निमित्त प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले जानकारी दिनुभयो । शनिबार गाउँमै पुगेर मृतकका परिवारलाई किरिया खर्च उपलब्ध गराइएको भारतीले जानकारी दिनुभयो ।
मृतकका परिवारलाई थप राहत पनि दिइने उहाँले बताउनुभयो । यस्तै केही दिनभित्रै पहिरोमा पुरिएर मृत्यु भएका सुर्नया गाउँपालिका ५ की परुदेवी महराका परिवारलाई पनि किरिया खर्च उपलब्ध गराइने जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।
यही असोज ३१ गते रातीदेखि ३ दिन सम्म परेको अविरल वर्षाका कारण बैतडीमा ४ जनाको मृत्यु भइसकेको छ भने कैयौँका घर खेत नष्ट भएका छन् ।








प्रतिक्रिया राख्नुहोस्