जनगणना २०७८ बारे पाल्पामा अन्तरक्रिया सम्पन्न
पाल्पा । राष्ट्रिय जनगणना २०७८ बारे जिल्ला जनगणना कार्यालय, पाल्पाले पाल्पाका पत्रकारहरुसंग अन्तरक्रिया सम्पन्न गरेको छ ।
आइतबार तानसेनमा जनगणना अधिकृत भबिश्वर घिमिरेले पाल्पाली पत्रकारहरूलाई यस पटकको जनगणना सङ्घीय संरचना अनुसार पहिलो पटक भएकाले केही भिन्न रहेको बताउनुभयो ।

अधिकृत घिमिरेका अनुसार ६ महिनाभित्र बसोबास गरेका अक्सर जनसङ्ख्याको गणना गरिने छ । यसको तात्पर्य जो जहाँ स्थायी वा अस्थायी रुपमा बसोबास गरेको छ उक्त व्यक्तिको त्यहीको बासिन्दा मानिने छ ।
जनगणनामा नागरिकता वा कुनै परिचय पत्र नहेरिने हुँदा विदेशी नागरिक ६ महिना नेपालको कुनै एक स्थानमा बसेको खण्डमा विदेश नागरिक समेत जनगणनामा समेटिने छन् ।
पाल्पामा दोस्रो चरणमा कात्तिक २५ गतेदेखि मङ्सिर ९ गतेसम्म जनगणना हुनेछ । जसको लागी जिल्लामा ३ सय ७८ जना गणक खटिने छन् । त्यस्तै ९४ जना सुपरिवेक्षक खटिने छन् । जसको लागी तानसेन, रामपुर, छहरा र ताहुँमा कार्यालय स्थापना भएको अधिकृत घिमिरेले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्