तपाईँ सुन्दै हुनुहुन्छः

धनुषामा एमालेको वडा अधिवेशन अझै जारी 

जनकपुरधाम । नेकपा एमालेको धनुषामा हिजो १ सय ७० वटा वडामा वडा अधिवेशन सम्पन्न भएको छ ।

धनुषामा झण्डै ४ सय वडा रहेकोमा १ सय ७० वटामा अधिवेशन सम्पन्न भएको पार्टीका जिल्ला अध्यक्ष राजकिशोर यादवले जानकारी दिनु भएको छ । अझै पनि विभिन्न स्थानीय तहमा अधिवेशन जारी रहेको एमाले धनुषाले जनाएको छ । 

धनुषाको जनकपुरधाम उपमहानगरपालिका, शहिदनगर नगरपालिका, सबैला नगरपालिका, धनुषाधाम नगरपालिका, मिथिला नगरपालिका, मुखियापट्टी मुसहरनीया गाउँपालिका, धनौजी गाउँपालिकालगायतका केही वडामा अधिवेशन हुन बाँकी रहेको छ । 

जनकपुरधामका २५ वडामध्ये २२ वटा वडामा अधिवेशन सम्पन्न भइसकेको नेकपा एमाले धनुषाले जनाएको छ । जिल्ला अध्यक्ष राजकिशोर यादवले आज साँझसम्ममा सबै वडाको अधिवेशन सम्पन्न भइसक्ने जानकारी दिनु भयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button