तपाईँ सुन्दै हुनुहुन्छः

सुदूरपश्चिममा बाढी र पहिरोमा परि मृत्यु हुनेको सङ्ख्या ३७ पुग्यो

 

धनगढी । सुदूरपश्चिम प्रदेशमा बाढी र पहिरोमा परि मृत्यु हुनेको सङ्ख्या ३७ पुगेको छ । 

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले सार्वजनिक गरेको पछिल्लो  तथ्याङ्कअनुसार बाढी पहिरोमा परि आजसम्म प्रदेशभर ३७ जनाको मृत्यु भएको छ । यस्तै बाढी पहिरोमा परि २२ जना बेपत्ता भएका छन् भने १७ जना घाइते भएका छन् ।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी विक्रमबहादुर चन्दले बाढी पहिरोबाट डोटीमा १६ जना, बझाङमा १२ जना, बैतडीमा ४ जना, डडेलधुरामा ३ जना, अछाममा १ जना र कैलालीमा १ जनाको मृत्यु भएको जानकारी दिनुभयो ।

यसैगरी, बाढी पहिरोले बगाएर बझाङमा १९ जना, कैलाली, डोटी र बैतडीमा एक/एक जना गरी ३ जना बेपत्ता भएका छन् भने डोटीमा ११ जना, डडेलधुरा र बैतडीमा दुई/दुई जना तथा बझाङ र बाजुरामा एक(एक जना घाइते भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button