तपाईँ सुन्दै हुनुहुन्छः

तास र नगदसहित चार जुवाडे पक्राउ

भद्रपुर, झापा  । झापामा नगदसहित चार जुवाडे पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार शिवसताक्षी–९ स्थित जितेन्द्र शाक्यको घरमा तास खेलिरहेको अवस्थामा ती जुवाडे तास र नगदसहित पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा शिवसताक्षी ९ का ५० वर्षीय अग्नि राई, ४० वर्षीय लालबहादुर लिम्बु ४५ वर्षीय मनिष क्षेत्री र ३७ वर्षीय सुरेश लिम्बू रहेका छन् ।

शनिबार राति ९ः०० बजे विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले शाक्यको घरमा छापा मार्दा ३ बुङ तास र नगद १ लाख ७३ हजार ५ सय रुपैयाँसहित उनीहरूलाई पक्राउ डिएसपी राकेश थापाले जानकारी दिनुभयो ।

पक्राउ परेका चारै जना उपर कानुन बमोजिम कारबाही हुने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button