शोरुमबाटै मोटरसाइकल चोरी

कञ्चनपुर । कञ्चनपुरको एक मोटरसाइकल शोरुममा चोरी भएको छ ।
शनिबार राति जिल्लाको बेलौरी नगरपालिकास्थित बजारमा रहेको डिडी अटो मोबाइल शोरुममा तोडफोड गरी ३ वटा मोटरसाइकल चोरी भएका हुन् । शोरुमको सीसीटीभीको तार झिकेर ‘पल्सर २०० सिसी’ १ थान र ‘पल्सर १५० सिसी’ २ थान मोटरसाइकल चोरी भएको सञ्चालकले बताए ।
प्रहरीले उक्त घटनाको अनुसन्धान भइरहेको जनाएको छ । इलाका प्रहरी कार्यालय बेलौरीका इन्चार्ज कमल खड्काले चोरी भएका मोटरसाइकलबारे सूक्ष्म अनुसन्धान भइरहेको बताउनु भएको छ ।








प्रतिक्रिया राख्नुहोस्