तपाईँ सुन्दै हुनुहुन्छः

मिनीट्रकसँग मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

भक्तपुर । मिनीट्रकसँग ठोक्किएर भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । भक्तपुर नगरपालिका–१ यति कार्पेटनजिक दुर्घटनामा परी मोटरसाइकलमा पछाडि सवार सुरज तामाङको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । 

व्यासीबाट सल्लाघारीतर्फ आउँदै गरेको प्रदेश नं ३–०२–०१७ प ७९४२ नं को मोटरसाइकल चोङ्गा गणेश मोटर पाट्र्स ग्यारेजबाट मुख्य सडकमा निस्किँदै गरेको प्रदेश ३–०१–००३ क ५०६५ नम्बरको मिनी ट्रकसँग ठोक्किएको हो ।

दुर्घटनामा मोटरसाइकल पछाडि सवार सुरज तामाङ गम्भीर घाइते भएका थिए । चाँगुनारायण–५ छालिङ बस्ने २० वर्षीय सुरजको अन्नपूर्ण न्यूरो अस्पताल माइतीघरमा उपचार हुँदाहुँदै मृत्यु भएको परिसरका सूचना अधिकृत दिपक गिरीले जानकारी दिनुभयो ।

मोटरसाइकल चालक  छालिङमै बस्ने बर्ष १९ का महेश्वर खड्कालाई सामान्य चोटपटक लागेको प्रहरीले जनाएको छ । 

मिनिट्रक र त्यसका चालक भक्तपुर १० कमलविनायक महालक्ष्मी बस्ने लक्ष्मी प्रसाद दुवाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

असावधानीपूर्वक सवारी साधन चलाउँदा दुर्घटना हुन गएको प्रहरीको भनाई छ ।   

प्रतिक्रिया राख्नुहोस्

Back to top button