‘हुल हुज्जत गर्ने कार्य सभ्य समाजको परिचायक हुन सक्दैन’
काठमाडौँ । नेपाली काँग्रेसले खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरका प्रमुख राजेश कुशवाहामाथि गम्भीर दुर्व्यवहार गर्ने दोषीलाई कानुनी कारबाही गर्न सरकारले अघि बढाएको प्रक्रियालाई स्वागत गरेको छ ।

नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आज एक प्रेस विज्ञप्ति जारी गर्दै राजनीति, प्रशासन र समग्र समाजमा रहेका बेथिति विरुद्ध प्रश्न उठाउनु र स्वच्छ समाजको खोजी गर्नु हामी सबैको कर्तव्य भए पनि कानुन हातमा लिने र हुल हुज्जत गर्ने कार्य सभ्य समाजको परिचायक हुन नसक्ने उल्लेख गर्नुभएको छ ।
काँग्रेसले जनकपुरको घटनाबाट नेपाली इन्जिनियर, कर्मचारी र सभ्य समाजमा विश्वास गर्ने सबैलाई मर्माहत बनाएको उल्लेख गर्दै सरकारले सुरु गरेको कानुनी कारबाहीसँगै राज्यको सक्रियताले यसलाई सम्बोधन गर्ने विश्वास रहेको पनि जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्