तपाईँ सुन्दै हुनुहुन्छः

सुर्खेतमा बम पट्किदा दुई जना घाइते

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा बेवारिसे बम पट्किदा घाँस काट्न गएका दुई जना घाइते भएका छन् । 

घाइते हुनेहरूमा गुराँस गाउँपालिका–६, दैलेख स्थायी घर भई हाल वीरेन्द्रनगर–७, ईत्राममा बस्दै आएकी २१ वर्षीया लीला नेपाली र उनका भाइ १४ वर्षीय नरेश परियार रहेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । 

घाइतेको स्थानीय देउती नर्सिङ होममा उपचार भइरहेको प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता (प्रहरी उपरीक्षक) माधव श्रेष्ठले जानकारी दिनु भयो । उहाँले आज बिहान कट्कुवा सामुदायिक वनमा घाँस काट्दै गर्दा बेवारिसे बम पड्केर उनीहरू सामान्य घाइते भएको बताउनु भयो । 

जङ्गलमा बेवारिसे पड्किएका बमहरू पुराना हुन वा कसैले नयाँ राखेको हो भन्ने बारेमा थप अनुसन्धान शुरु भइसकेको उहाँको भनाइ छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button