तपाईँ सुन्दै हुनुहुन्छः

बाढीले पानीको मुहान बगाएपछि डडेलधुरा सदरमुकाममा खानेपानीको हाहाकार

डडेलधुरा । गत साता परेको अविरल वर्षाका कारण बाढीले पानीको मुहान बगाएपछि डडेलधुरा सदरमुकाममा खानेपानीको हाहाकार भएको छ । डडेलधुरा सदरमुकाम आउने पानीको मुहान नै बगाएपछि पाँच दिन देखि जिल्ला सदरमुकाममा पानीको हैरानी खेप्नु परेको छ । 

खंलगा खानेपानी उपभोक्ता समिति डडेलधुराले बाढीका कारण पानीको मुहानमा ठुलो क्षति पुर्‍याएको भन्दै स्थानीय सुरक्षा निकायको सहयोगमा पुनर्निर्माण गरिरहेको भए पनि अझै एक दुई लाग्ने जनाएको छ । 

सदरमुकाममा खानेपानीको हाहाकार मच्चिएपछि होटल, पसल देखि स्थानीयहरूलाई निकै सास्ती भोग्नु परिरहेको स्थानीयवासी दिवाकर पन्तले बताउनुभयो । 

जिल्ला सदरमुकामका होटल पसलहरूले पानी टयाङकरबाट पानी आपूर्ति गरिरहेका छन् भने स्थानीयहरूले नगरभित्रका धारा पधेराको फोहर पानी पिउन बाध्य भएका छन् । 

पानी अभावका कारण कतिपय होटलहरु बन्द अवस्थामा पुगेका छन् भने कतिपय सदरमुकाममा डेरा गरी बस्ने कर्मचारी, विद्यार्थी, व्यापारीहरू महँगो मूल्य तिरेर होटल खान बाध्य भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button