डडेलधुरामा २२ जना जुवाडेविरुद्ध मुद्दा दर्ता

डडेलधुरा । कोजाग्रत पूर्णिमाका दिन जुवा खेलिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेका २२ जना जुवाडेविरुद्ध जिल्ला प्रहरी कार्यालय डडेलधुराले मुद्दा दर्ता गरेको छ ।
नेपाली काँग्रेसबाट अमरगढी नगरपालिका –६ मा निर्वाचित वडा अध्यक्ष गोविन्दराज भट्टलाई प्रहरीले पक्राउ गरेकै राती बाहिर छोडेको भन्दै स्थानीयले तीव्र बिरोध जनाएपछि आइतबार हिरासतमा लिई मुद्दा चलाउने जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ ।
वडा अध्यक्षसँगै बुधवार राती प्रहरीले अमरगढी नगरपालिका–८ कीर्तिपुर बजार छेउको एक घरबाट २२ जनालाई पक्राउ गरेको थियो । स्थानीय पदम ओझाको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको थियो ।
वडा अध्यक्ष भट्टसँगै पक्राउ पर्नेमा इन्द्रबहादुर थापा, गगन सिंह ढाँट, विक्रम ओझा, घनश्याम गिरी, उमेश भट्ट, भिमबहादुर महर, नरेन्द्र ओली, यज्ञराज अवस्थी, डम्बर ओझा, सुरेश साउद, महेश जोशी, ईश्वर भट्ट, वीरबहादुर साँकी, भीम ऐर, लोकराज अवस्थी, नरेन्द्र महरा, राजेन्द्रप्रसाद पाठक, राजेन्द्र ओझा, दान ओली, केशव कुवर र राम खड्का रहेका छन् ।
उनीहरूलाई जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान थालिएको प्रहरी निरीक्षक राजेन्द्र बहादुर चन्दले जानकारी दिनुभयो ।
वडा अध्यक्ष भट्टका दाइको वार्षिकी भएका कारण बाहिर छोडिएको भए पनि चौतर्फी बिरोध भए पनि उनका नाममा मुद्दा दर्ता भएको र आइतबार सम्म हिरासतमा लिइने प्रहरी निरीक्षक चन्दले बताउनुभयो ।
जुवा खेलिरहेकाहरूको साथबाट प्रहरीले नगद ९३ हजार ९ सय ६० रुपैयाँ र ४ गडडी तास बरामद गरिएको बताइएको छ ।








प्रतिक्रिया राख्नुहोस्